काठमाडौं । आज दिनभरिमा २२५ वटा कम्पनीको ३ करोड ३५ लाख ३५ हजार २१३ कित्ता शेयर किनबेच हुँदा १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपर तामाकोशीको कारोबार भउको छ । कम्पनीको ८९ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भउको छ ।
त्यस्तै, अरुण भ्याली हाइड्रोपावर कम्पनीको ५३ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको ५१ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जीवन विकास लघुवित्तको ४८ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।