Connect IPS
IME Life

मैलुङ खोला जलविद्युतको आइपिओ बाँडफाँड सम्पन्न,भाग्यशाली ६ जनाले पाए ११ कित्ता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ) को बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको प्राथमिक शेयर ६८ हजार ४७४ जनाले १०/१० कित्ताको दरले शेयर प्राप्त गरेका छन् । ६८ हजार ४७४ आवेदक मध्ये ६ जना भाग्यशालीले थप एक कित्ता सहित ११ कित्ता शेयर प्राप्त गरेका छन ।

कम्पनीको प्राथमिक शेयरमा २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिएकोमा ३८ हजार ६८० जनाको आवेदन रद्द भएको छ । जसबाट २० लाख ६५ हजार १२४ जना मात्रै बाँडफाँडका लागि योग्य भएका हुन् । कम्पनीले सर्वसाधारण समुह तर्फको ७ लाख ३६ हजार २८६ कित्ता मध्ये कर्मचारीहरुले १४ हजार ७२६ कित्ता प्राप्त गरेका छन् । त्यस्तै म्युचुअल फण्डले ३६ हजार ८१४ कित्ता शेयर प्राप्त गरेका हुन् ।

Prabhu
Crest

कम्पनीले साउन १४ गते, बिहीबारबाट साउन १९ गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । प्राथमिक शेयरको नतिजा केहि समय भित्रै थाहा पाउन सकिने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS