काठमाडौँ । नेपाल राष्ट्र बैंकले १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । यस ट्रेजरी बिल आज साउन २५ गते, सोमबार दिउँसो ३ बजे बोलकबोल भएर भोलि बिक्री हुने राष्ट्र बैंकले जनाएको छ ।
बैंकले ९१ दिनको अवधिको लागि १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल कार्तिक २३ गते परिपक्क हुने राष्ट्र बैंकले जनाएको छ ।