काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज साउन २५ गते सोमबार तेस्रो वार्षिक साधारण सभा गर्दैछ । उक्त सभा कम्पनीको कर्पोरेट कार्यालय, कमलादी, काठमाडौंमा दिउँसो ३ बजे हुने कम्पनीले जनाएको छ । कोरोना संक्रमणका कारण कम्पनीले सभा भर्चुअल माध्यमबाट गर्ने जनाएको छ ।
सभामा कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभामा आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७५/७६ को लेखापरिक्षण प्रतिवेदन वासलात, नाफा नोक्सान, हिसाब नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसूचि एनएफआरएस प्रणाली लागु गरी तयार गरिएको वित्तीय विवरण माथि छलफल गर्ने एजेण्डा रहेको छ ।
त्यस्तै, सभामा आर्थिक वर्ष ०७६/७७ को लागि वर्तमान लेखापरीक्षक हरि मणि आचार्य,एच।आचार्या एण्ड स्शोसियट्स चार्टर्ड एकाउन्टेण्टलाई पुनः नियुक्त गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । सभाले सञ्चालक नियुक्तिको विषय पनि अनुमोदन गर्नेछ ।
कम्पनीको शेयर रजिष्ट्रार कार्यालयमा अभिलेख रहेको शेयर लगतको आधारमा शेयरधनीहरुको रेकर्ड कायम गरी सभाहलमा उपस्थित गराउने जानकारी दिएको छ । सभाका लागि हाजिरी पुस्तिका दिउसो २ बजेदेखि सभा संचालन समयसम्म लागि खुला हुने कम्पनीले जनाएको छ ।