काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ। कम्पनीले तेस्रो तहदेखि ९ औं तहसम्मका लागि कर्मचारीको माग गरेको एक सुचना जारी गर्दै जनाएको छ ।
कम्पनीले सहायक प्रबन्धक अर्थात् ९ औं तहका लागि ३ जना, अधिकृत अर्थात् ७ औं तहका लागि ४ जना, सहायक अधिकृत अर्थात् सहायक अधिकृतका लागि १० जना, बरिष्ठ सहायक अर्थात् ५ औं तहका लागि २ जना र केहि बरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायकका लागि कर्मचारीको माग गरेको जनाएको छ ।
कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्य पुगेका नेपाली उम्मेदवारले विज्ञापन प्रकाशित भएको मितिले १५ दिन भित्र इमेल मार्फत वा संस्थाको कार्यालयमा पुग्ने गरि आवेदन दिन आग्रह गरेको छ ।