काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले आथिृक वर्ष २०७५ /७६ लाभाश लाभांश घोषणा गरेको छ । कम्पनीको हिजो आइतबार सम्पन्न संचालक समितिको बैंठकले आफ्ना शेयरधनीहरुलाई आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कुल ५ दशमलव ७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले विगतका वर्षमा घोषणा गरेको लाभांश
आर्थिक वर्ष २०७५/७६ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ दशमलव ५० प्रतिशतले हुन आउने १० करोड ८६ लाख ६५ हजार ४ सय बराबरको बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी ० दशमलव २८९ प्रतिशतले हुन आउने ५७ लाख १९ हजार २ सय ३१ रुपैयाँ ५७ पैसा नगद लाभांश गरि कुल ५ दशमलव ७८९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीले आफ्नो स्थापना कालदेखि अहिलेसम्म ६ पटक मात्रै लाभांस दिएको छ । दोस्रो बजारमा सूचिकृत जीवन बीमा कम्पनीहरु मध्ये आर्थिक वर्ष २०७५/७६ का लागि लाभांस घोषणा गर्ने यो अन्तिम कम्पनी हो । बीमा समितिले पटक पटक लेखापरिक्षण सम्पन्न गर्न दवाव दिए पछि बल्ल बल्ल तयार परेको हो ।
कम्पनीको प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृति भएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताहरुले प्राप्त गर्न सक्नेछन् ।