काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी नारायणगढ शाखाले कालिका नगरपालीका १, चितवन निवासी प्रनेश लामालाई घातक रोग वापत भुक्तानी हस्तान्तरण गरेको छ । कम्पनिको नारायणगढ शाखा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि बीमित प्रनेश लामालाई ५ लाख रुपैयाको चेक शाखा प्रबन्धक अबिशेष चापागाईले हस्तान्तरण गरेका हुन् ।
२०७६ साल असोज १७ गते निज प्रनेश लामाले कम्पनिमा ५ लाख बीमांकको १५ बर्षे जीवन बीमा गराएका थिए । निजको २०७७ साल माघ २९ गते क्यानसर रोग प्रमाणित भए पश्चात निजले उपचार खर्च उपलब्धका लागी यस कम्पनिमा निवेदन पेश गरेसँगै कम्पनीले उक्त रकम दिएको हो ।
चेक हस्तान्तरणको क्रममा शाखा प्रबन्धक चापागाईले बीमा कम्पनि सेवा प्रदायक कम्पनी भएकाले मानवीय अपुरर्णीय क्षती, घातक रोगबाट आर्थिक क्षती भएपनि न्युनिकरण गर्ने बताए ।