कााठमाडौं । आज दिनभरिमा २२७ वटा कम्पनीको २ करोड ६९ लाख ९६ हजार ३१३ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भउको छ । कम्पनीको ८१ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको ६० करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । युनिभर्सल पावर कम्पनीको ४५ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुपको ४९ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ३८ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।