काठमाडौं । कुमारी इक्विटी फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । फण्डले प्रतिफल वितरण प्रयोजनको लागि भोलि साउन २५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण बुक क्लोजको अघिल्लो दिन अर्थात आज साउन २४ गतेसम्मका कायम शेयरधनीले मात्र उक्त प्रतिफलको हकदार हुन सक्नेछन् ।
फण्डले आथिृक वर्ष २०७७/७८ को लागि इकाई धनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको छ ।