Connect IPS
IME Life

बुद्धभुमी नेपाल हाइड्रोपावरले प्रभावित बासिन्दाका लागि साउन ३२ गतेदेखि आइपिओ निष्काशन गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीले साउन २२ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले नुवाकोट जिल्लाका बासिन्दाहरुको लागि ४ लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्ने भएको हो ।

बुद्धभुमीले १२ लाख कित्ता साधारण शेयर मध्ये १० प्रतिशतले हुन आउने ४ लाख कित्ता शेयर नुवाकोट जिल्लाका बासिन्दाका लागि छिटोमा भदौ १४ गतेसम्म र ढिलोमा भदौ २९ गतेसम्म बिक्री खुला गर्ने छ । स्थानीय प्रभावित बासिन्दाले नुवाकोट जिल्लामा रहेका बैंकहरु ज्योति विकास बैंक, प्रभु बैंक र सिभिल बैंकका शाखा कार्यालय मार्फत आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

प्रभावित बासिन्दाले न्युनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । कम्पनीले नुवाकोट जिल्लामा ५ मेगावाट क्षमताको तल्लो तोदी खोला जलविद्य आयोजना निर्माण गरिरहेको छ । आयोजनाको प्रतिमेगावाट लागत २३ करोड ८० लाख रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । यस हिसावले आयोजनाको जम्मा लागत एक अर्ब १९ करोड रुपैयाँ पर्न जानेछ ।

पहिलो चरणमा प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्टाएको शेयर बिक्री गरिसके पछि दोस्रो चरणमा सर्वसाधारणका लागि ८ लाख कित्ता शेयर निष्काशन गर्नेछ । प्राथमिक शेयर निष्काशन पछि संस्थापक समुहको ७० प्रतिशत अर्थात २८ करोड रुपैयाँ, १० प्रतिशत प्रभावित बासिन्दाका लागि ४ करोड रुपैयाँ र सर्वसाधारणका लागि २० प्रतिशत अर्थात ८ करोड रुपैयाँ सहित जम्मा चुक्ता पूँजी ४० करोड रुपैयाँ पुग्ने छ ।

आयोजनाको निर्माण सम्पन्न भएर विद्युत विक्री हुन थाले पछि कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँसम्म पुग्ने प्रक्षेपण गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS