काठमाडौं । एनएमबि बैंकले नयाँ कर्जा योजना ल्याएको छ । बैंकले प्रति वर्ष ८ दशमलव ५० प्रतिशत फिक्स्ड ब्याजदरमा घर कर्जा प्रवाह गर्ने भएको छ । ५ बर्ष सम्म एउटै ब्याजदर रहने तथा २५ बर्षसम्मको कर्जा अवधि रोज्न मिल्ने गरी बैंकले यस योजना ल्याएको जनाएको छ ।
फिक्स्ड दर बाहेकको घर कर्जाको हकमा भने एनएमबि बैंकले प्रति वर्ष ७ दशमलव ९९ प्रतिशतमा कर्जा प्रदान गर्दै आइरहेको समेत जनाएको छ ।
हालसम्म बैंकले १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत आफुना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।