Connect IPS
IME Life

अर्थले सर्वोत्तम सिमेन्टको ओटिसी कारोबारको विवरण माग्यो, साउद र ढुङ्गाना फन्दामा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्जमा सर्वोत्तम सिमेन्टको ओटिसी कारोबारको सम्बन्धमा विवरण माग गरेको छ । सर्वोत्तमले नेप्सेबाट ओटिसी कारोबारका लागि कहिले स्वीकृति लिएको देखि लिएर उक्त बजामा अहिलेसम्म भएका कारोबारको विवण माग गरिएको छ

वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले तीन दिन भित्रमा उक्त विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । मन्त्रालयले केहि समय अगाडि नेपाल स्टक एक्सेन्जका महाप्रवन्धक चन्द्र सिंह साउद र नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म राज ढुङ्गानालाई सर्वोत्तम सिमेन्टको भित्रि कारोबारका सम्बन्धमा स्पष्टिकरण माग गरेको थियो ।

Prabhu
Crest

सर्वोत्तम सिमेन्ट प्राथमिक शेयर निष्काशन प्रकृयाँ अगाडि बढाए पछि नेप्सेका साउदले आफ्नो श्रीमतिको नाममा र अध्यक्षले आफ्नै छौरीको नाममा शेयर खरिद गरेका थिए । उनिहरुले भित्रि रुपमा शेयर खरिद गरेको विवरण सार्वजनिक भए सँगै मन्त्रालयले स्पष्टिकरण माग गरेको थियो ।

बुक विल्डिङ विधिबाट प्राथमिक शेयर निष्काशन गर्ने तयारीमा रहेको सर्वोत्तमका अध्यक्ष विष्णु प्रसाद न्यौपानेले साउद ढुङ्गाना सहित बोर्डकै सञ्चालक सदश्य चन्द्र ढकालले आफ्नै भाइलाई शेयर बिक्री गरेका थिए । दोस्रो बजारमा आफ्नो शेयर मूल्य उच्च रहोस र बुक विल्डिङ विधिबाट अर्बौ रुपैयाँ प्रिमियम लिने दाउमा न्यौपानले प्रभावित पक्षलाई शेयर बिक्री गरेका थिए । सिमेन्ट बिक्री गरेर भन्दा पनि शेयर बजारबाट पैसा कमाउने सोच सहित न्यौपानले सबैलाई सस्तो मूल्यमा शेयर बिक्री गरेका थिए । बुक विल्डिङ विधिबाट ७ सय रुपैयाँ भन्दा माथिमा शेयर बिक्री गर्ने दाउमा रहेका न्यौपानेले उनिहरुलाई भने २५० रुपैयाँमै बिक्री गरिएको छ । उक्त कारोबारलाई लिएर मन्त्रालयको ताकेताले पनि दुबैको पद धरामा पर्ने देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS