काठमाडौं । लक्ष्मी इक्वीटी फण्डले ३५ प्रतिशत प्रतिफल बिहीवारदेखि वितरण गरेको छ । यस फण्डको लाभांश प्रयोजनका लागि साउन १५ गतेबुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा साउन १४ गतेसम्म कायम इकाईधनीहरुलाई सम्बन्धित इकाईधनीहरुको बैंक खातामार्फतनै कोषले प्रतिफल वितरण गरेको जनाएको छ ।
कोषको इकाई धितो राखेका इकाईधनीहरुलाई भने सम्बन्धीत बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र अनिवार्य पेश गरेपश्चात मात्र प्रतिफल वितरण गरिने क्यापिटलले जानकारी दिएको छ ।
लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको व्यवस्थापनमा सञ्चालित यस फण्डले आर्थिक वर्ष ०७७/७८ को लागि कर समेत उक्त नगद लाभांश वितरण गरेको हो ।