काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १२ दशमलव ६४ अंकले घटेर ३,११० दशमलव ८१ को विन्दुमा कायम भएको छ । आज ५२ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १३२ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक र जीवन विकास लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । जानकी फाइनान्स कम्पनीका लगानीकर्ताले ६ दशमलव ३८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ७९ प्रतिशतका दरले गुमाएका छन् । बरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५ दशमलव ३२ प्रतिशतका दरले गुमाएका छन् ।