IME Life
GBIME

सानिमा लाइफको आइपिओ एक घण्टामै सबै बिक्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सानिमा लाइफले निष्काशन गरेको प्राथमिक शेयर एक घण्टामै बिक्री भएको छ । कम्पनीले आजदेखि सर्वसाधारण समुहको ६० लाख कित्ता आइपिओ निष्काशन गरेको छ । विहान १० वजेदेखि बिक्री खुला गरेकोमा ११ बजेसम्ममा माग भन्दा बढिको लागि आवेदन परेको धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।  मध्यान्ह २ बजेर ३३ मिनेट सम्मको तथ्यांक अनुसार ५ लाख ५४ हजार ५८७ जना आवेदकबाट ९१ लाख ८६ हजार ३८० कित्ताको लागि आबेदन परेको छ।

कम्पनीले सर्वसाधारण समुह तर्फको ६० लाख कित्ता मध्ये ३ लाख कित्ता अर्थात ५ प्रतिशत कर्मचारी र ३ लाख कित्ता अर्थात ५ प्रतिशत नै सामुहिक लगानी कोषका लागि सुरक्षित गरेको छ र बाँकी ५४ लाख कित्ता सर्वसाधरणका लागि छुटाइएको छ ।

Crest

सर्वसाधारणले न्युनतम १० कितादेखि अधिकतम ३० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । निष्काशन भएको एक घण्टामै ओभर सब्सक्राइभ भएकाले आवेदन दिन बाँकी सर्वसाधारणले १० कित्ताको लागि मात्रै आवेदन दिए पुग्छ । कम्पनीले साउन २४ गतेसम्म बिक्री खुला गर्नेछ ।

प्राथमिक शेयर निष्काशनका लागि कम्पनीले रेटिङ गराइसकेको छ । केयर रेटिङ नेपालले गरेको रेटिङ अनुसार मध्यम किसिमको सुरक्षाको संकेत गर्ने ‘केयरएनपि आइआर ट्रिपल बि माइनस’ प्राप्त गरेको छ ।

आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सम्पूर्ण आस्बा सदस्य लिएका बैंक तथा वित्तीय संस्थाहरु तथा तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै, मेरो शेयरबाट पनि आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीको प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS