काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशनका लागि विक्री प्रबन्धमा सनराइज क्यापिटल नियुक्त गरेको छ । कम्पनीले १ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।
उक्त कार्यको लागि कम्पनीको तर्फवाट प्रमुख कार्यकारी अधिकृत सौगत बीर चौधरी तथा सनराइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।