काठमाडौं । मुक्तिनाथ विकास बैंकले आजदेखि १ लाख ५ हजार ४१ कित्ता संस्थापक शेयर लिलामीमा मार्फत विक्री खुला गरेको छ । उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा योग्य जो कोही व्यक्ति, कम्पनी तथा संस्थाले भदौ २२ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । उक्त शेयरको न्यूनतम मूल्य ३२५ रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।
कम्पनीको शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र भदौ २३ गते बिहान ११ बजे मुक्तिनाथ क्यापिटल लिमिटेड, हात्तिसार मार्ग, कमलादी, काठमाडौंमा खाल्ने बैंकले जनाएको छ ।