काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४ दशमलव ०६ अंकले बढेर ३,०८५ दशमलव ०७ को विन्दुमा कायम हुँदा सबैभन्दा धेरै घलेम्दाी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । गुराँस लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । फर्स्ट माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ०९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ३३ प्रतिशतका दरले गुमाएका छन् । यूनाइटेड इदी मर्दीका लगानीकर्ताले ५ दशमलव ०७ प्रतिशतका दरले गुमाएका छन् ।