काठमाडौं । आइएमई पे र साइकल सिटी नेटवर्क नेपाल (ग्रिन वे( बीच साइकल यात्रा प्रवद्र्धनसम्बन्धी सम्झौता भएको छ । नेपालमा दिगो विकास तथा स्वास्थ्य जीवन र स्वच्छ सहरका लागि साइकल यात्रा अभियानको प्रवद्र्धन गर्न सहभागी हुने साइकलयात्रीलाई प्रदान गर्ने नगद प्रोत्साहन आइएमई पेमार्फत प्रदान गर्ने गरी सम्झौता भएको हो ।
सम्झौता अनुसार यात्रुलाई एक किमि साइकल यात्रा गरेबापत प्रदान गरिने ३ रुपैयाँ भुक्तानी गर्ने पार्टनर आइएमई पे रहेको छ । अबदेखि ग्रिन वे एपले आइएमई पेमार्फत भुक्तानी सेवा प्रदान गर्नेछ ।
आइएमई डिजिटल सोलुसन लिमिटेडका व्यापार व्यवस्थापक प्रमुख आमोद भट्टराईले साइकल सिटी नेटवर्क नेपालको साइकल यात्रा प्रवद्र्धन अभियानलाई संस्थागत सामाजिक उत्तरदायित्वको हिस्साका रूपमा समर्थन गरेको बताए ।