काठमाडौं । आज ३ करोड ३ लाख ४२ हजार ३५२ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब १० करोड ३८ लाख ७१ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको कारोबार भएको छ । कम्पनीको ३६ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यूनाइटेड इन्स्योरेन्स कम्पनीको ३५ करोडमाथि शेयर कारोबार भएको छ । सिनर्जी पावर कम्पनीको ३२ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुपको ३० करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनिभर्सल पावर कम्पनीको २९ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।