काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज शेयर बजार १ दशमलव २६ अंकले बढेर ३,०८१ दशमलव ०७ अंकको विन्दुमा कायम भएको छ । आज ९२ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ९१ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २२६ वटा कम्पनीको ३ करोड ३ लाख ४२ हजार ३५२ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब १० करोड ३८ लाख ७१ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको कारोबार भएको छ । कम्पनीको ३६ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यूनाइटेड इन्स्योरेन्स कम्पनीको ३५ करोडमाथि शेयर कारोबार भएको छ । सिनर्जी पावर कम्पनीको ३२ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुपको ३० करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनिभर्सल पावर कम्पनीको २९ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सिनर्जी पावर कम्पनी, कालिका पावर कम्पनी, घलेम्दी हाइड्रोपावर कम्पनी, युनिभर्सल पावर कम्पनी, ग्रिन लाइफ हाइड्रोपावर कम्पनी र जीवन विकास लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । ङादी ग्रुपका लगानीकर्ताले ९ दशमलव ८३ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै, लक्ष्मी इक्यिुटी फण्डकाा लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाउका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ९८ प्रतिशतका दरले गुमाएका छन् ।