काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले लिलामी मार्फत विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीले असार २९ गतेदेखि साउन ५ गतेसम्म लिलामीमा विक्री गरेको ११ लाख ३५ हजार ५५८ कित्ता शेयर साउन १५ गते बाँडफाँटड भएको हो ।
तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई प्रशोधन गर्दा १०२ देखि १०५ दशमलव शून्य ५ सम्म लगानी गर्ने २० जना आवेदकहरुलाई माग बमोजिम नै १०१ का दरले बोलकबोल गर्ने ११ जना आवेदकहरुलाई समानुपातिक रुपमा आंशिक बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले यस अघि असार ३ गतेदेखि १० गतेसम्म लिलामीमा विक्री खुला गर्दा वितरण हुन नसकेको उक्त शेयर लिलामीमा विक्री गरेको हो । शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
उक्त बाँडफाँडमा नपरेको रकम आज आइतवारदेखि सम्बन्धीत आवेदकको बैंक खातामै रकमान्तर गरिने जनाउको छ ।