काठमाडौं । एनआईसी एशिया क्यापिटलद्धारा संचालित सामूहिक लगानी कोष योजनाहरुको प्रतिफल घोषणा भएको छ । शुक्रबार बसेको सञ्चालक समितिको ९३ औँ बैठकले आर्थिक वर्ष वर्ष २०७७ /७८ का लागि एनआइसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित योजनाहरु एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया ब्यालेन्सड् फण्ड र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले प्रतिफल घोषणा गरेका हुन् ।
एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डले इकाईधनीहरुलाई ३० प्रतिशत (कर सहित) प्रतिफल दिने भएको छ भने एनआईसी एशिया डाइनामिक डेप्ट फण्डका इकाईधनीहरुलाई १० प्रतिशतका दरले प्रतिफल दिने जनाएको छ ।
एनआईएशिया ग्रोथ फण्डले पहिलो वर्ष १० प्रतिशत तथा दोश्रो वर्ष १२ प्रतिशतका दरले प्रतिफल वितरण गरेको थियो । ब्यालेन्सड् फण्डले संचालनमा आएको आठ महिनामै ८ प्रतिशत प्रतिफल वितरण गर्न सफल भएको थियो । उक्त प्रतिफल वितरण पश्चात आर्थिक वर्ष २०७७र७८ को आषाढ मसान्तमा एनआईसी एशिया ग्रोथ फण्डको खुद सम्पत्ति मूल्य १८.७५ र एनआईसी एशिया ब्यालेन्सड् फण्डको खुद सम्पत्ति मूल्य १७.३० तथा पहिलो खुलामुखी योजना एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको खुद सम्पत्ति मूल्य ११.२६ कायम गर्न सफल भएको छ ।
अहिलो घोषणा गरेको प्रतिफल दर सहित हाल सम्म ग्रोथ फण्डले ५२ प्रतिशत तथा व्यालेन्सड् फण्डले ३८ प्रतिशत प्रतिफल वितरण गर्न सफल भएको छ । साथै एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले संचालनमा आएको पहिलो वर्षमानै १० प्रतिशत प्रतिफल घोषणा गर्न सफल भएको छ ।
एनआइसी एशिया क्यापिटलले छिटो छरितो तथा ग्राहकमुखी सेवा दिँदै क्रमिक रुपमा लगानीकर्तामाझ लोकप्रिय बन्दै गइरहेको छ ।