काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत यस कम्पनी योजना व्यवस्थापन रही संचालनमा रहेको एन्आईविएल समृद्धि फण्ड १ र एनआईबिएल प्रगति फण्डले लाभांश घोषणा गरेका छन् । योजना ब्यबस्थापक एनआईबिएल एस क्यापिटलको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को लागि वितरण गरिने लाभांश घोषणा गरेको जनाएको छ ।
एनआईबिएल प्रगति फण्डले ५० प्रतिशतले हुन आउने ३७ करोड ५० लाख रुपैयाँ बराबरको नगद लाभांश र एनआईबिएल समृद्धि फण्ड १ ले ३५ प्रतिशतले हुन आउने ३५ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने जनाएको हो ।