काठमाडौँ । आज शेयर बजार घटेको छ । आज नेप्से परिसूचक १५ दशमलव १३ अंकले घटेर ३,०७९ दशमलव ८२ को विन्दमा कायम भएको छ । आज ५९ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १२२ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै रडी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् । जीवन विकास लघुवित्तका लगानीकर्ताले ८ दशमलव २२ प्रतिशतका दरले कमाएका छन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ दशमलव ६५ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी आज सबैभन्दा धेरै गुडविल फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ दशमलव ३३ प्रतिशतका दरले गुमाएका छन् ।