काठमाडौँ । आज १० अर्ब ९० करोड ५८ लाख ३० हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै गुडविल फाइनान्स कम्पनीको कारोबार भएको छ । आज कम्पनीको ३३ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डिस्टलरीको २९ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको २५ करोड ४३ लाख रुर्पैयाँको शेयर कारोबार भएको छ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको २४ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी हाइड्रोपावर कम्पनीको २२ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।