काठमाडौं । राधी विद्युत कम्पनीको स्वतन्त्र सञ्चालकमा नितेश्वर प्रसाद कोइरी र कम्पनी सचिवमा लफिन काजी बज्राचार्य नियुक्त भएका छन् । कम्पनीको साउन १३ गते बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक सुनिता निरौलाले दिएको राजिनामा स्वीकृत गरी नितेश्वर कोइरीलाई आजदेखि लागू हुने गरी स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।
त्यस्तै, रित्त रहेको कम्पनी सचिव पदमा लफिन काजी बज्राचार्यलाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।