काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १५ दशमलव ३० अंकले बढेर ३,०९४ दशमलव ९५ को विन्दुमा कायम भएको छ । आज ७३ वटा कम्पनकिो शेयर मुल्य घटेको छ भने १०९ वटा कम्पनकिो शेयर मुल्य बढेको छ ।
आज दिनभरिमा २१९ वटा कम्पनीको २ करोड ८१ लाख ७० हजार १७२ कित्ता शेयर १३ करोड २९ लाख १९ हजार ५४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ३८ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनीको ३६ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३३ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा माइ हाइड्रोपावर कम्पनीको ३१ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपी पावर कम्पनीको २९ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यसैगरी आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंक, मल्टिपर्पस फाइनान्स र चन्द्रागिरी हिल्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै, आज सबैभन्दा धेरै पञ्चकन्या माइ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ०७ प्रतिशतका दरले गुमाएका छन् ।