Connect IPS
IME Life

ग्लोबल आइएमई क्यापिटलले सन्ध्याकालिन काउण्टर सञ्चालन गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सन्ध्याकालिन काउण्टर सञ्चालन गर्ने भएको छ । क्यापिटलले सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाहरुको लागि मध्यभोटेकोशी जलविद्यत कम्पनीको आईपीओ र हाइड्रोइलेक्ट्रिसिटि इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी(एचआईडीसीएल) को हकप्रद शेयरमा आवेदन गर्ने लगानीकर्ताहरुका लागि साँझ ५ बजेदेखि ७ बजेसम्म सन्ध्याकालिन काउण्टर सञ्चालन गर्न लागेको हो ।साउन ११,१२,१३,१४,१७,१८,१९,२०,२१,२४ र २५ गतेका दिन सन्ध्याकालिन रुपमा काउन्टर संचालन गर्ने जनाएको छ ।

दुबै कम्पनीको शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । मध्यभोटेकोशी जलविद्युत कम्पनीले साउन ५ गतेदेखि सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित र अन्य स्थानियका लागि आईपीओ विक्री खुला गरेको हो भने हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीले पनि साउन ५ गतेदेखिनै जेठ २७ गतेसम्म कायम शेयरधनीहरुका लागि शतप्रतिशत हकप्रद शेयर विक्री खुला गरेको हो ।

Prabhu
Crest

एचआईडीसीएलको हकप्रद शेयर साउन २५ गतेसम्म आवेदन दिन सकिनेछ भने मध्यभोटेकोशीको छिटोमा साउन १७ गते र ढिलोमा साउन ३२ गतेसम्म विक्रीमा रहनेछ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS