काठमाडौं । नेपाल स्टक एक्सेचञ्ज (नेप्से) ले सुचिकृत संगठित कम्पनीहरुलाई वर्गिकरणका लागि आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेको छ । धितोपत्र सूचीकृत विनियमावली अनुसार सूचीकृत कम्पनीहरुको प्रत्येक त्रैमासीक अवधिमा वर्गिकरण गर्नुपर्ने भएकाले चौथो त्रैमासीक वर्गिकरणका लागि आवश्यक विवरण बुझाउन कम्पनहरुलाई नेप्सेले आग्रह गरेको हो ।
सूचीकृत कम्पनीहरुले साउन १७ गते कार्यलय समयभित्र आवश्यक विवरण इमेल ठेगाना [email protected] मा पठाउन आग्रह गरेको छ ।