काठमाडौं । मकर जितुमाया सुरि हाइड्रोपावर लिमिटेडले विशेष साधारण सभा आब्हान गरेको छ । कम्पनीले साउन २४ गते विशेष साधारण सभा बोलाएको छ । सभा कम्पनीको मुख्य कार्यालय, त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीको साउन ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा गर्ने निर्णय गरेको हो । उक्त विशेष सभाले आईपीओ निष्काशन गर्ने लगायतका विविध विषयमा छलफल गरिने जनाएको छ ।