काठमाडौं । आरविवि म्युचुअल फण्ड–१ को इकाई बाँडफाँड भएको छ । आरविवि मर्चेण्ट बैंकिङले असार २३ गतेदेखि २७ गतेसम्म सार्वजनिक निष्काशन मार्फत विक्री गरेको इकाई हिजो बाँडफाँड गरेको हो ।
योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित दरको १० करोड इकाई विक्रीमा ल्याएको हो । निष्काशन गरेको कुल इकाईमध्ये १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंकलाई र इकाई योजना व्यवस्थापक आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेडलाई सुरक्षित गरी बााँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि विक्री गरेको थियो ।
योजनाको इकाईमा मागभन्दा बढी आवेदन परेकाले प्रचलित कानून बमोजिम योजनाको आकारमा २५ प्रतिशत थप गरी १ अर्ब २५ करोड बराबरको १२ करोड ५० लाख इकाई कायम गरी रितपूर्वक आवेदन दिने आवेदकलाई इकाई बाँडफाँड गरेको योजनाले जनाएको छ ।