काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १८ दशमलव ७६ अंकले बढेर ३,००४ दशमलव ३३ को विन्दुमा कायम भएको छ । आज ९१ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ८६ वटा कम्पनीको मुल्य घटेको छ ।
आज २२२ वटा कम्पनीको ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ११ करोड ४१ लाख २१ हजार रुपैयाँको शेयर किनबेच भएको छ । आज सबैभन्दा धेरै कृषि विकास बैंकको कारोबार भएको छ । बैंकको ४६ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, नेपाल बैंकको ३६ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३६ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नाङी ग्रुपको ३४ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिद्धार्थ बैंकको ३२ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै लक्ष्मी उन्नती कोषमा इकाईधनीले कमाएका छन् । कोषका इकाईधनीले १० दशमलव ०४ प्रतिशतका दरले कमाएका छन् । सिइडिबी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले प्रतिशतका दरले कमाएका छन् । नाङदी ग्रुप पावर कम्पनीका लगानीकर्ताले पनि १० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी आज सबैभन्दा धेरै एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक शेयरधनीले गुमाएका छन् । कम्पनीका संस्थापक शेयरधनीले ४ दशमलव ४५ प्रतिशतका दरले गुमाएका छन् । हिमालयन पावर पार्टनरका लगानीकर्ताले ४ दशमलव ०७ प्रतिशतका दरले गुमाउका छन् ।