काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले जेठ २० गतेदेखि असार १३ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको अवितरित हकप्रद शेयर फेरी लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । कम्पनीले साउन १३ गतेबाट सर्वसाधारण समूहको २ लाख १५ हजार ५ सय ९९ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो ।
उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
लगानीकर्ताले साउन १३ गते, बुधबारबाट साउन २० गते, बुधबारसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण शेयरका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले मुक्तिनाथ हात्तिसार मार्ग, कमलादी, काठमाडौँ तथा मुक्तिनाथ विकास बैंक लिमिटेडका ठीमी, कुमारीपाटी, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, विरगंज, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी र जनकपुरका शाखा कार्यालयबाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।