काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट योजना ब्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नती कोषले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । आर्थिक वर्ष ७७ /७८ मा लाभांश घोषणा गर्ने पहिलो म्युचुअल फण्ड लक्ष्मी उन्नती कोष बनेको छ । कोषको साउन ५ गते सम्पन्न सञ्चालक समितिको बैठकले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कोषले आर्थिक वर्ष २०७७/७८ को लागि आफ्ना इकाईधनीलाई २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।