काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । शेयर रजिष्ट्रार सम्बन्धी यूनिय लाइफ इन्स्योरेन्स कम्पनी र प्रभु क्यापिटलबीच नियुक्त गर्ने सम्झौता भएको छ ।
साउन १ गतेदेखि लागू हुने गरी यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले २ वर्षको लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका सुचना अधिकारी कपिल कुमार दाहलले जानकारी दिए ।
यूनियन लाइफको अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने, शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।