काठमाडौँ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आइपीओ निष्काशन तथा विक्रीका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड ३० लाख रूपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता आइपीओ निष्काशनको लागि बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीको आइपीओ निष्काशन तथा तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड रहेको छ । आइपीओ निष्काशनका लागि बोर्डले कम्पनीलाई असार ३१ गते अनुमति दिएको हो ।
कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी बीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।