Connect IPS
IME Life

अपि पावरको हकप्रद शेयर बाँडफाँड तथा रकम फिर्ता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको हकप्रद शेयर बाँडफाँड तथा रकम फिर्ता भएको छ । कम्पनीले गत जेठ २० गतेदेखि असार १३ गतेसम्म सार्वजनिक निष्काशनमार्फत विक्री गरेको २९ दशमलव ३८ प्रतिशत हकप्रद शेयर बाँडफाँड भएको हो ।

कम्पनीले रितपूर्वक आवेदन दिने ८८ हजार ९२२ जनालाई ५४ लाख ५४ हजार ४०१ कित्ता शेयर बाँडफाँड गरेको हो । अपि पावरले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर विक्री खुला गरेकोे हो । यस पटक कम्पनीको २ लाख १५ हजार ५९९ कित्ता शेयर वितरण हुन सकेन । यस पटक वितरण हुन नसकेको उक्त शेयर कम्पनीले लिलामी प्रक्रियामार्फत विक्री गर्नेछ ।

Prabhu
Crest

हकप्रद शेयर बाँडफाँडमा नपरेको रकम कम्पनीले साउन ३ गतेदेखि फिर्ता भुक्तानी गरिने कम्पनीले जानकारी दिएको छ । मुक्तिनाथ क्यापिटल लिमिटेड तथा मुक्तिनाथ विकास बैंक लिमिटेडको शाखा कार्यालयहरु मार्फत दरखास्त बुझाउनेहरुको हकमा सोही स्थानबाट र ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा कार्यालय तथा अपि पावर कम्पनी लिमिटेडमार्फत दरखास्त बुझाउनेको हकमा सम्बन्धीत कम्पनीमार्फत रकम फिर्ता भुक्तानी गरिने कम्पनीले जनाएको छ ।

शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS