काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक शेयर (आइपीओ) निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीलाई सर्वसाधारणका लागि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता प्राथमिक शेयर निष्काशनका लागि बोर्डले अनुमति दिएको हो ।
प्राथमिक शेयर निष्काशनका लागि कम्पनीले रेटिङ गराइसकेको छ । केयर रेटिङ नेपालले गरेको रेटिङ अनुसार मध्यम किसिमको सुरक्षाको संकेत गर्ने ‘केयरएनपि आइआर ट्रिपल बि माइनस’ प्राप्त गरेको छ ।
कम्पनीको प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।