Connect IPS
IME Life

निषेधाज्ञा अझै खुकुलो, पूर्वनिर्धारित परिक्षा सञ्चालन गर्न पाइने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि गरिएको निषेधाज्ञालाई थप खुकुलो बनाइएको छ । काठमाडौं उपत्यका भित्रका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले पुर्व निर्धारित सबै किसिमका लिखित तथा प्रयोगात्मक परिक्षाहरु सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

परिक्षाहरु सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड सहित केहि सर्तहरु भने पुरा गर्नु पर्नेछ । परिक्षा संचालन हुने कुनै एक स्थान हल तथा कोठाको आकार अनुसार २५ जनाभन्दा बढि मानिसहरु भेला जम्मा नहुने गरी परिक्षा संचालन गर्न पाइनेछ ।

Prabhu
Crest

परिक्षार्थीहरु हलमा प्रवेश गर्नु पूर्व र परिक्षा समाप्त भएपश्चात नेपाल सरकारले तोकेको मापदण्ड बमोजिमको भौतिक दूरी कायम हुने व्यवस्था मिलाउनु पर्नेछ । एउटा सिफ्टका सबै व्यक्तिहरु परिक्षास्थलबाट पूर्ण रुपमा बाहिरिए पछि मात्रै अर्को सिफ्ट सँग सम्बन्धित व्यक्तिहरु प्रवेश गर्न मिल्ने गरी फरक समय राख्नु पर्नेछ ।

परिक्षा संचालनका क्रममा जनस्वास्थ्यका मापदण्डहरुका अनिवार्य पालना गरी मास्क तथा सेनिटाइजरको उचित प्रयोग गर्नुका साथै प्रत्येक सिफ्टमा परिक्षा हल अनिवार्यरुपमा स्यानिटाइ गर्नु पर्नेछ । गोष्ठी तालिम सेमिनार बैठक समिक्षा प्रशिक्षणजस्ता क्रियाकलापहरु संचालन गर्दा भर्चुअल माध्यमबाट गर्नु पर्नेछ । भौतिकरुपमा उपस्थित भइ गर्नै पर्ने भएमा बढिमा २५ जना मात्रै सहभागी रहने गरी जनस्वस्थ्यका मापदण्डको पूर्ण परिपालना गर्ने गरी संचालन गर्नुपर्नेछ ।

प्रमुख जिल्ला अधिकारीहरुले साउन १० गतेसम्मका लागि निषेधाज्ञालाई कायमै राख्ने निर्णय गरेका छन् । अझै पनि भिडभाड हुने क्षेत्रहरु, शैक्षिक संस्थाहरु, मठ मन्दिरहरु बन्द गर्ने व्यवस्था कायमै छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS