Connect IPS
IME Life

शेयर बजारमा एक वर्षमै १४ खर्ब ५४ अर्बको कारोबार, नेपाल पुनर्बीमाको सर्वाधिक धेरै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ मा नेप्से सूचक १५२१ अंकले सुधार हुँदा १४ खर्ब ५४ अर्ब रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ । यो कारोबार गत आर्थिक वर्ष २०७६/७७ को भन्दा ९.६९ गुणाले बढेको हो । गत आर्थिक वर्षमा एक खर्ब ५० अर्ब रुपैयाँको मात्रै कारोबार भएको थियो ।

Prabhu
Crest

यस वर्ष सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ६५ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ । कम्पनीको ४ करोड ९५ लाख कित्ता शेयर खरिद बिक्री भएको छ । अघिल्लो वर्ष सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गरेको नेपाल पुनर्बीमाको शेयरमा लगानीकर्ताको सर्वाधिक आकर्षण देखियो । कम्पनीले २० प्रतिशत लाभांस र सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्न सक्ने हल्लाले दोस्रो बजारमा सबैभन्दा धेरै सक्रिय रह्यो । कम्पनीले २० प्रतिशत लाभांस घोषणा गरे पनि अहिलेसम्म पनि हकप्रद शेयर निष्काशन गर्ने या नगर्ने भन्ने विषयमा कुनै पनि सूचना सार्वजनिक गरेको छैन ।

त्यस्तै दोस्रो धेरै कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल लाइफको पनि ४५ अर्ब ६९ करोड रुपैयाँको खरिद बिक्री भयो । कम्पनीले उच्चतम लाभांस दिने सूचनाले दोस्रो बजारमा तरङ्गित गर्यो । कम्पनीले ५१ प्रतिशत लाभांस पनि दियो । त्यसैले गर्दा कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको हो ।

तेस्रो नम्बरमा रहेको एनआईसी एशियाको पनि यस वर्ष ३२ अर्ब ४३ करोड रुपैयाँको खरिद बिक्री भयो । चौथो धेरै कारोबार हुने सूचिमा नविल बैंक रहेको छ । बाणिज्य बैंकहरु मध्ये सबैभन्दा राम्रो अवस्थामा रहेको नविलको मात्रै ३० अर्ब ६८ करोड रुपैयाँको कारोबार भयो ।

यस वर्ष हिमालयन डिष्ट्रलरीका शेयरधनीले पनि सर्वाधिक धेरै कमाए । कम्पनीको शेयर मूल्यमा सर्वाधिक सुधार हुँदा २८ अर्ब ४ करोड रुपैयाँको कारोबार भएको छ । यसै वर्ष सर्वसाधारणका लागि ८ अर्ब रुपैयाँ प्राथमिक शेयर जारी गरेको नेपाल इन्फ्राष्ट्रक्चर बैंक पनि सर्वाधिक धेरै कारोबार हुने १० नम्बर भित्र अटाउन सफल भयो । यस बैंकको मात्रै २७ अर्ब ७५ करोड रुपैयाँको कारोबार भयो ।

सर्वाधिक धेरै कारोबार हुने बाँकी कम्पनीहरु क्रमश नेपाल बैंकको २७ अर्ब ४१ करोड रुपैयाँ, नेपाल टेलिकम २५ अर्ब ५४ करोड रुपैयाँ, अपर तामाकोशी २४ अर्ब ५९ करोड रुपैयाँ र प्रभु बैंकको २४ अर्ब ५२ करोड रुपैयाँको खरिद बिक्री भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS