Connect IPS
IME Life

एक वर्षमै १५२१ अंकले बढ्यो शेयर बजार, ऐतिहासिक रेकर्ड बनाउन सफल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आजदेखि चालु आर्थिक वर्ष २०७७/७८ सकिदै छ । यस आर्थिक वर्ष शेयर बजारका लागि सबैभन्दा सुखद रह्यो । अघिल्लो तीन वर्ष बियरिस ट्रेण्डमा रहेको शेयर बजार यस आर्थिक वर्षमा सुरुवातदेखिनै बुलिस ट्रेण्डमा रह्यो । बुलिस ट्रेण्डमा अगाडि बढेको शेयर बजारले सबै कुरामा ऐतिहासिक रेकर्ड बनाउन सफल भएको छ । आर्थिक वर्षको अन्तिम दिनसम्ममा नेप्से सूचक १५२१.०३ अंकले सुधार भएर बन्द भयो ।

नेप्से सूचक र कारोबार रकमका हिसावले पनि नयाँ रेकर्ड बन्यो । एक वर्ष अगाडिसम्म ३०/४० करोड रुपैयाँमा सिमित शेयर बजारमा एका एक १८/१९ अर्ब रुपैयाँसम्मको खरिद बिक्री भयो । साथै नेप्से सूचक पनि सर्वाधिक ३०२५ अंकसम्म पुग्न सफल भयो ।

Prabhu
Crest

यस अवधिमा बाणिज्य बैंकको सूचक बाहेक अन्य सबै सूचक तथा उपसूचकमा उछाल आएको छ । आधार मूल्य भन्दा तल रहेका जलविद्युत कम्पनीको शेयर चार पाँच सय भन्दा माथि उक्लिएको छ । त्यस्तै दुई सय भन्दा माथि ननाघ्ने फाइनान्सहरु यस वर्ष एक हजार भन्दा माथिमा कारोबार भयो । बाणिज्य बैंकहरुको शेयर मूल्यमा अझै सुधार हुन बाँकी रहेकोले बजार अझै केहि समय माथिल्लो विन्दुमा रहने विश्लेषण गरिएको छ ।

यस अवधिमा सूचकलाई सपोर्ट गर्ने खालेका केहि कम्पनीहरु आए । जस्तो नेपाल पुनर्बीमा कम्पनी, नयाँ जीवन तथा निर्जीवन बीमा कम्पनी, नेपाल इन्फ्राष्ट्रक्चर बैंकको प्राथमिक शेयर निष्काशन पछि दोस्रो बजारमा आएको उछालले सूचक सुधारमा महत्वपुर्ण भुमिका खेल्यो । त्यस्तै केहि राम्रा कम्पनीको मूल्यले पनि नेप्से सूचक सुधार हुन ठुलो मद्द्त पुर्यायो ।

शेयर बजारमा लामो समयदेखि पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाको प्रभाव पनि रह्यो । उनको बहिर्गमन सँगै निवर्तमान अर्थमन्त्री विष्णु प्रसाद पौडेलको नियुक्तिले शेयर बजारलाई थप टेवा पुर्यायो । फलस्वरुप शेयर बजारले नयाँ रेकर्ड बनाउन सफल भएको छ ।

आर्थिक वर्षको अन्तिम दिन ११.३३ अंकले शेयर बजार सुधार भएर बन्द भएको छ । आज सबैभन्दा धेरै जलविद्युत कम्पनीका शेयरधनीहरुले कमाएका छन् । अझै एक वर्ष शेयर बजार बुलिस ट्रेण्डमै रहने भन्दै लगानीकर्ताले अहिलेसम्म बजारबाट पैसा बाहिर लैजान सकेका छैनन् । नाफा बुक गर्ने क्रममा समय समयमा करेक्सन भइरहेता पनि बढ्दो रफ्तार पनि अगाडी नै बढ्ने विश्लेषकहरु बताउछन् ।

कोभिड १९ को महामारीको अवधिमा पनि शेयर बजारले नयाँ नयाँ रेकर्ड बनाउन सफल भएको छ । गत वर्ष बजार घट्न सक्ने भन्दै लकडाउनकै अवधिमा शेयर बजार नै बन्द गरिएको थियो । तर लगानीकर्ताले सोचे भन्दा फरक हिसावले बजार बढ्यो । लगानीका सम्पुर्ण ढोका बन्द हुँदा शेयर बजारको ढोका भने खुलै रह्यो । ठुला लगानीकर्ताले अन्यन्त्र छुट्टाएर राखेको पैसा पनि शेयर बजारमा ल्याउदा बजारले दिन दिनै नयाँ नयाँ रेकर्ड बनाउन सफल भयो । अझै पनि कोभिडको प्रभाव पुर्ण रुपमा हटिसकेको छैन । लगानीका अन्य ढोकाहरु बन्द भएकाले बजार केहि समय सुधारकै लयमा रहने अनुमान गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS