काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त भएका छन् । कम्पनीको असार ३० गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनीले साउन १ गतेदेखि लागू हुने गरी नायव प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको बैंकले जनाएको छ ।