काठमाडौं । नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयर बाँडफाँड भएको छ । कम्पनीले १ लाख ८९ हजार ६५३ कित्ता संस्थापक शेयर विक्रीका लागि असार १८ गतेदेखि २९ गतेसम्म बोलपत्र आव्हान गरेको थियो । उक्त अवधिमा प्राप्त बोलपत्रदाताहरुलाई ५३ हजार १०० कित्ता शेयर बाँडफाँड गरिएको हो ।
उक्त शेयर असार ३० गते बाँडफाँड गरिएको हो । कम्पनीले प्रतिकित्ता ७ सय रुपैयाँ मूल्य तोकेर यो शेयर लिलामीमा ल्याएको हो । कम्पनीको शेयर विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।