काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले असार २८ गतेबाट निष्काशन गरेको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने समय लम्बिएको छ । अब लगानीकर्ताले उक्त ऋणपत्रमा ढिलो समय साउन ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।
उक्त्त ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।बैंकले प्रतिइकाई १ हजार रुपैयाँको अंकित २० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गर्ने भएको हो । बैंकले १० वर्ष अवधिको ‘८.५ प्रतिशत लक्ष्मी बैंक डिबेन्चर २०८८’ जारी गर्न लागेको हो । उक्त ऋणपत्रको ब्याजदर वार्षिक ८.५ प्रतिशत हुनेछ ।
निष्काशन गर्न लागेको कुल ऋणपत्रजसमध्ये कुल कित्तामध्ये ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणमा विक्री गर्नेछ भने बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता बैंक आफैले व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ ।
उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । बैंकले जारी गर्न लागेको उक्त ऋणपत्रलाई इक्रा नेपालले ‘इक्रा एनपी आईआर रेटिङ बीबीबी प्लस’ रेटिङ दिएको छ ।
उक्त ऋणपत्रमा विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडसँगै सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिन्छ ।