काठमाडौं । सामाजिक सुरक्षा कोषले दिने सुविधाका विषयलाई लिएर बैंक वित्तिय संस्था र बीमा कम्पनीका कर्मचारीहरु आन्दोलनमा छन् । बैंकका कर्मचारीहरुले हरेक दिन कार्यालय सञ्चालन हुनु भन्दा अगाडि कार्यालय अगाडि बसेर आन्दोलन गरिरहेका छन् । तर बीमा कम्पनीका कर्मचारीहरु भने बैंकको जस्तै गरि आन्दोलनमा देखिदैनन् ।
सामाजिक सुरक्षा कोषले बीमा कम्पनी तथा बीमक संघलाई बसेर छलफल गर्न अनुरोध गर्दै आएको छ । कतिपय बिमतिका विषयमा बसेर छलफल गर्ने र सुधारका लागि पहल गर्ने विषयमा केहि हदसम्म सहमति भएको देखिन्छ । तै पनि बीमा कम्पनीहरु उधारो सहमति गर्ने पक्षमा छैनन् । त्यसैले गर्दा एशियन लाइफ, प्राइम लाइफ, गुराँस लाइफ लगायतका केहि कम्पनीहरुले बैंकहरुको आन्दोलनमा एक्यबद्धता जनाउदै आएका छन् । कोषले बीमकहरुलाई छलफलका लागि आउन अनुरोध गरेकाले पनि सबै कम्पनीहरुले अहिले आन्दोलनमा गएको देखिदैन ।
कोषमा आवद्ध नभएका कतिपय बैंकलाई कारबाही गरे पछि बीमा कम्पनी र बैंकहरु हच्किएका छन् । यसले गर्दा सबै बीमा कम्पनीहरु कोषमा सूचिकृत भैइसकेका छन् । तर उनिहरुले योगदान बापतको रकम भने जम्मा गरेका छैनन् । अधिकाम्स कम्पनीले आफ्ना कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा जाने कि कर्मचारी सञ्चयकोषमा जाने भन्दै फर्म भराएका छन् । यदि कर्मचारी सञ्चयकोषमा जाने हो भने भोलिका दिनमा समाजिक सुरक्षा कोषमा कुनै किसिमका उजुरी नहाल्ने सर्त सहित संझौता पत्रमा हस्ताक्षर गराएका छन् । अधिकाम्स कर्मचारीले सामाजिक सुरक्षा कोषमा जान इन्कार गरे पछि बीमा कम्पनीहरु बाध्य भएर यस्तो गर्ने निर्णयमा पुगेका हुन् ।
बुधबार पनि बैंकका कर्मचारीहरुले कार्यालय अगाडि तथा सडकमै उत्रिएर आन्दोलन गर्न भ्याए । उनिहरुले सामाजिक सुरक्षा कोष बिरुद्ध कालोपट्टी बाधेर, कालो ब्यानर प्रयोग गरेर विरोध गरिरहेका छन् । उनीहरुले कोषलाई स्वेच्छिक बनाउन माग गरिरहेका छन् । कोषले जबर्जस्ती लैजान खोजेको भन्दै यसलाई उनिहरुले स्वेच्छिक बनाउन माग गरेका हुन् ।
कोषमा आवद्ध हुँदा आफ्नो अहिलेसम्म कमाएको पैसा बुझाउनुपर्ने, बुझाएपछि फिर्ता नआउने, पेन्सन आएपनि मूलधन डुब्ने भन्दै आक्रोसित भएका हुन् । बैंक वित्तीय संस्थाले सर्वोच्च अदालतमा कोषका विरुद्धमा मुद्दा हालेका छन् । भोलि ३१ गते उक्त मुद्दाको सुनुवाइ हुँदै छ ।
कोषले दिने सुविधा प्रति बैंक तथा बीमा कम्पनीका कर्मचारीको विस्वास छैन । अहिलेको अवस्थामा कतिपय विषयमा कर्मचारीको अविस्वास रहेकाले पनि अन्योलता बढेको कम्पनीहरु बताउछन् । उक्त अविस्वसा हटाउन कोषले चरणबद्ध रुपमा प्रयास गरे पनि कर्मचारीहरु कन्भिन्स हुन सकेका छैनन् ।
कोषले कर्मचारीका प्रतिनिधिहरुलाई छलफलबा बस्न निरन्तर रुपमा आग्रह गर्दै आए पनि उनिहरुले आफ्नो माग पुरा नभएसम्म छलफलमा नबस्ने भन्दै आएका छन् ।
बैंक, वित्तीय संस्था र बीमा कम्पनीका कर्मचारी संगठनहरुले विगत तीन दशकदेखि लाडेर प्राप्त गरेको सेवा सुविधा गुम्ने भन्दै यहि अवस्थामा सामाजिक सुरक्षा कोषमा नजाने निर्णय गर्दै १५ बुँदे माग राखेका छन् । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका कर्मचारीहरुले बारम्बार उठाई रहेका विषयहरुलाई कोषले कुनै सुनुवाई नगरी एकतर्फी रुपमा अगाडि बढीरहेकोले कोषको उक्त रवैया प्रति संगठनहरुले विमति राखेका हुन् ।
विगतदेखि नै राम्रो र आकर्षक सामाजिक सुरक्षा पाईरहेका बैंक तथा वित्तीय संस्थाहरु र बीमा कम्पनीका कर्मचारीहरुलाई यस योजनामा जोड्न सामाजिक सुरक्षा कोष मरिहत्ते गरेर लाग्नु राज्यले परिकल्पना गरेको योजना र उद्देश्य विपरीत हिडेको उनीहरुको ठम्याई छ ।
यो पनि पढ्नुहोस