काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार १२ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ७८ जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा थप १२ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ४१२ पुगेको छ ।