काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा गरिदिएको छ । बैंकको चैत २३ गते सम्पन्न १६औं वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो ।
बैंकले चैत ९ गतेसम्म कायम शेयरधनीहरुको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा गरिदिएको हो । उक्त मिति पश्चात अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने भएकाले शेयर अभौतिकीकरण गराउन बैंकले आग्रह गरेको छ ।