काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आजदेखि अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री खुला गर्ने भएको छ । कम्पनीले गत असार ३ गतेदेखि १० गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको संस्थापक समूहतर्फको ११ लाख ३५ हजार ५५८ कित्ता शेयर लिलामीमार्फत विक्री गर्न लागेको हो ।
शेयर खरीदका लागि असार साउन ५ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । यो शेयरको न्यूनतम मूल्य एक सय रुपैयाँ तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
उक्त शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ ।
बोलपत्र विक्री प्रबन्धकसँगै बैंक अफ काठमाण्डूका शाखा कार्यालय विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत, नेपालगञ्ज, धनगढी र समृद्धि फाइनान्सका केन्द्रिय कार्यालय हेटौँडा, बुटवल, पोखरा र नारायणगढमा प्राप्त गर्न र पेश गर्न सकिनेछ ।