Connect IPS
IME Life

मनकामना स्मार्ट लघुवित्तको आइपीओ नतिजा ४ वटा साइटबाट हेर्न सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर बाँडफाँड भइसकेको छ । तर नतिजा भने १२ बजे पछि मात्रै हेर्न मिल्ने विक्री प्रबन्धक एनएमबि क्यापिटलले जानकारी दिएको छ । संस्थाको आईपीओको नतिजा चार वटा साइटबाट हेर्न सकिनेछ ।

आईपीओ को नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ । जस अनुसार मनकामना स्मार्ट लघुवित्तको वेबसाइट https://www.manakamanalbs.com/, बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट https://nmbcl.com.np/shareallotment,  https://result.nmbcl.com.np/?  सिडीएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np बाट हेर्ने सकिने छ ।

Prabhu
Crest

उक्त आइपीओ बाँडफाँडमा गोलाप्रभाबाट ३६ हजार ३४९ जनाले १०१० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । जसमध्ये दुई भाग्यशालीले ११ /११ कित्ताका दरले प्राप्त गर्नेछन् ।

संस्थाका ७९ जना कर्मचारीले उनिहरुका लागि छुट्टाइएको ६ हजार ५८ कित्ता प्राप्त गरेका छन् । त्यस्तै ११ वटा म्युचुअल फण्डहरुले १९ हजार ४५० कित्ता शेयर प्राप्त गरेका छन् ।

संस्थाले असार १७ गतेबाट एक सय रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ५८ कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS